विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी « Khabarhub

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

 कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले विकासका लागि राजनीति रोजेको प्रष्ट पारे ।

 शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् शालिक अनावरण कार्यक्रममा प्रतिष्ठित उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने, म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन । 

उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए ।

 वर्षायाममा वर्षेनी डुबानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजना अन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : १८ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै