भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४  धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् । 

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा तर्फ जाँदै गरेको बिआरजिरोएटि ५९६३ नम्बरको स्कारपियो गाडीको पछाडि देब्रे तिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । 

गाडी खयरको रुखमा ठोक्किएर क्षतिग्रस्त गाडीमा सवार दुई जनाको मृत्युसँगै ४ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

मृत्यु हुनेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला ग्राम पञ्चायत झिट्काहीया ४ का ३५ वर्षीय तमन्ना शेख रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सोही ठाउँका २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक २२ वर्षीय सोहेल अमिर समेत घाइते भएका थिए । घाइतेहरूको वीरगञ्जमा उपचार भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’