राजनीतिलाई अपराधीकरणले गाँजेको छ : शेखर कोइराला « Khabarhub

राजनीतिलाई अपराधीकरणले गाँजेको छ : शेखर कोइराला


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधिकरण भैरहेको बताएका छन् ।

पछिल्ला दिनहरूमा राजनीतिज्ञ, व्यावसायी र कर्मचारीहरू एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन् तब विद्यमान ऐन कानूनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।’

राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुति गर्न नपाएको पनि बताए ।

कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए । 

‘रेमिटेन्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनि कोल्याप्स गर्न सक्छ’ कोइरालाले भने ।

जब मानिसको सबै अंगले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठिक नहुने भन्ने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफूहरू सरकार ढाल्ने काममा लाग्ने पनि बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ०३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६