पर्यटन प्रवर्द्धन समृद्धिको आधारः प्रदेश प्रमुख भट्ट « Khabarhub

पर्यटन प्रवर्द्धन समृद्धिको आधारः प्रदेश प्रमुख भट्ट


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर सम्भावना भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।

पोखराको नोबेल एकेडमीले भारतको एसएसपिजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा आज आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरूसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुखले यस्तो बताएका हुन् ।

“पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग पुग्ने विश्वास लिएको छु”, उनले भने, “विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक पर्यटनमार्फत समृद्धिको स्पष्ट खाका आउने विश्वास छ ।

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटनसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरूबीचको यो जमघटले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा उनले व्यक्त गरे ।

“विश्वका कैयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरूको तपोभूमि हो”, उनले भने, “मन्दिरै मन्दिरको सहर काठमाडौँमा हिन्दूहरूको प्रमुख धाम पशुपतिनाथबाट बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकलाई तान्दछ ।”

बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्न सकिने बताए ।

नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको जनाउँदै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्त्वपूर्ण रहने बताए। सम्मेलनमा छिमेकी राष्ट्र भारत, बङ्गलादेश, भुटानस्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधि, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : १६ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट