पेरिसमा भारतीय हतियारको प्रदर्शनी « Khabarhub

पेरिसमा भारतीय हतियारको प्रदर्शनी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सको राजधानी पेरिसमा आयोजित हतियार तथा रक्षा सामग्री प्रदर्शनीमा भारतीय कम्पनी पनि सहभागी भएका छन् ।

पेरिसमा आयोजित युरोस्याटरी २०२ प्रदर्शनीमा भारतीय रक्षा उपकरण निर्माता डीआरडीओका साथै निब डिफेन्स, भारत फोर्जजसहित अन्य निजी तथा सार्वजनिक कम्पनीहरुको पनि सहभागिता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

डीआरडीओका अनुसार प्रदर्शनीमा ११ वटा प्रमुख रक्षा प्रविधि र उत्पादनहरु राखिएको छ । प्रदर्शनीमा भारतमा निर्मित पिनाका रकेट लन्चर प्रणाली र एलसीए तेजस लडाकु विमानजस्ता हतियार एवम् रक्षा उपकरण राखिएको एएनआईले जनाएको छ । प्रदर्शनीमा अर्जुन मेन ब्याटल ट्यांक, वरुणस्त्र टोरपेडो पनि प्रदर्शनीमा राखिएको छ ।

युक्रेनमा जारी द्वन्द्वका कारण युरोपेली मुलुकहरुले रक्षा खर्च बढाउने तयारी गरिरहेका बेला प्रदर्शनी आयोजना गरिएको हो । युरोस्याटरी हतियार प्रदर्शनीलाई युरोपकै सबैभन्दा प्रतिष्ठित प्रदर्शनीका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४८ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर