युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी | Khabarhub Khabarhub

युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् ।

खेलमा जर्जियाले अग्रता बनाएपनि जोगाउन नसक्दा बराबरीमा चित्ता बुझायो । पहिलो हाफको इन्जुरी समयमा जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रका प्याट्रिक सिकले गोल गर्दै बराबरीमा पुर्याएका थिए । त्यसपछि दुवै टोलीले गोलका केही सुन्दर अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेनन् ।

यो नजिता पछि समुहमा एफ चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । उसले दुई खेलमा एक अंक जोडेको हो । त्यस्तै दुई खेल नै खेलको जर्जिया पनि एक अंक सहित समूहको चौथो स्थानमा छ ।

चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । भने जर्जिया टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।

यो समूहको पहिलो स्थानमा तीन अंकसहित टर्की छ भने तीन अंक नै भएको पोर्चुगल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : २७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस