युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी « Khabarhub

युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् ।

खेलमा जर्जियाले अग्रता बनाएपनि जोगाउन नसक्दा बराबरीमा चित्ता बुझायो । पहिलो हाफको इन्जुरी समयमा जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रका प्याट्रिक सिकले गोल गर्दै बराबरीमा पुर्याएका थिए । त्यसपछि दुवै टोलीले गोलका केही सुन्दर अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेनन् ।

यो नजिता पछि समुहमा एफ चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । उसले दुई खेलमा एक अंक जोडेको हो । त्यस्तै दुई खेल नै खेलको जर्जिया पनि एक अंक सहित समूहको चौथो स्थानमा छ ।

चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । भने जर्जिया टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।

यो समूहको पहिलो स्थानमा तीन अंकसहित टर्की छ भने तीन अंक नै भएको पोर्चुगल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : २७ बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ