कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह « Khabarhub

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ ।

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिए ।

यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ ।

देशभरका कार्यालयहरुबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ । विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाएका महानिर्देशक डा मतिना जोशी वैद्यले बताए ।

उनले भने, “डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ ।”

खाद्य तथा पेयपदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भइरहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्रीवितरण निषेध गरिएको कार्वाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डा जोशी वैद्यको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : ११ बजे

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह