आवश्यक्ताअनुसार संविधान संशोधन : उपप्रधानमन्त्री सिंह « Khabarhub

आवश्यक्ताअनुसार संविधान संशोधन : उपप्रधानमन्त्री सिंह


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए ।

उनले नेपालको संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान रहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालन गर्ने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए ।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस–एमालेसहित साना दल सम्मिलित सरकर गठन भएको उनको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले आफ्नो पुस्ता बहुआयामिक व्यत्तित्वका धनी समाजवादी नेता बीपी कोइरालासँग उठवस गर्न पाएको पुस्ता रहेको गर्व गरे ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालो बीपी कोइराला अत्यन्त व्यवहारिक नेता भएको बताए ।

त्यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान संशोधन प्राप्त उपलब्धि खोस्ने नभइ थप बलियो बनाउनका लागि हुने बताए ।

उनले भने, ‘समावेशीता कटौती हुँदैन । अझ भाइब्रेन्ट बनाउने हो । महिला, दलित, अरू वर्ग समूहको सहभागिता सुनिश्चित गर्ने गरि संशोधन गर्न सकिन्छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : १४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी