शपथपछि मुख्यमन्त्री यादवले भने- सर्वदलीय सरकार बनाउँछु « Khabarhub

शपथपछि मुख्यमन्त्री यादवले भने- सर्वदलीय सरकार बनाउँछु


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्  । 

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । 

‘मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरूसँग छलफल अगाडि बढाउँछु,’ मुख्यमन्त्री यादवले भने, ‘मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।’ निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १२ : ११ बजे

मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ– नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार

शपथपछि मुख्यमन्त्री यादवले भने- सर्वदलीय सरकार बनाउँछु

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

भद्रपुर– झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको