कर्णाली सरकारबाट बाहिरियो माओवादी « Khabarhub

कर्णाली सरकारबाट बाहिरियो माओवादी


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकार छोडेका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् ।

एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : १३ बजे

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज