महाकाली भन्सारमा राजस्व संकलनमा वृद्धि, निर्यात शून्य « Khabarhub

महाकाली भन्सारमा राजस्व संकलनमा वृद्धि, निर्यात शून्य


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ भने निर्यात शून्य देखिएको छ ।

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिए। उनका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व संकलन भएको छ ।

कार्यालयले गत आवमा रु ५१ लाखको लक्ष्य राखेकोमा ८६ लाख ८४ हजार ९० राजस्व संकलन गरेको प्रमुख झाले बताए। उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व संकलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्ने अवस्था थियो । आव २०७९-८० मा ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा रु ३५ लाख ३८ हजार मात्रै संकलन भएको थियो । 

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भन्सार प्रमुख प्रमुख झाले बताए। यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् ।

 झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौँबाट ल्याउने गरेका छन्  । 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ०३ बजे

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।