लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी पेस « Khabarhub

लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी पेस


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ ९२० बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।  

यसैअनुरूप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए ।

त्यसअवसरमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद्का नयाँ सदस्यहरूको सपथ कार्यक्रम बुधबार बिहान राख्ने गरी तयारी गर्न दलका नेताहरूलाई आग्रह गरे । सोहीअनुसार बुधबार बिहान ८ः०० बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिए।

नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र उनीहरूको जिम्मेवारी  एकैपटक टुंगो लगाइने गरी सरकारमा सहभागी दलहरूबीच छलफल भइरहेको मुख्यमन्त्री पदका प्रस्तावित नेता आचार्यले जानकारी दिए।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ३७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण