गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश « Khabarhub

गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले सोमबार गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ ।

दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हमास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ । 

इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन् । 

यस महिनाको सुरुमा इजरायलले कम्तिमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको घोषणा गरेको थियो । राष्ट्रसङघ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहिन शिविरले भरिएको छ ।  

गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरिएको थियो ।

बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दवाव दिइरहेका छन् ।

गाजा युद्धले ३८ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा  अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिएभने २५० जना बन्धक बनाइएका थिए । 

इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ । आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५  जनाको मृत्यु भएको अस्पतालमा अधिकारीहरूले जनाएका छन् ।

घेराबन्दीले गाजामा  खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ  भने यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ४६ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट