गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश « Khabarhub

गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले सोमबार गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ ।

दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हमास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ । 

इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन् । 

यस महिनाको सुरुमा इजरायलले कम्तिमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको घोषणा गरेको थियो । राष्ट्रसङघ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहिन शिविरले भरिएको छ ।  

गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरिएको थियो ।

बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दवाव दिइरहेका छन् ।

गाजा युद्धले ३८ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा  अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिएभने २५० जना बन्धक बनाइएका थिए । 

इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ । आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५  जनाको मृत्यु भएको अस्पतालमा अधिकारीहरूले जनाएका छन् ।

घेराबन्दीले गाजामा  खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ  भने यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ४६ बजे

सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

पहिलो ओभरमै सुदूरपश्चिमका दुवै ओपरन आउट, रनको खाता खोल्न पाएनन्

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम

म्यान्मामा अनलाइन ठगीविरुद्ध कडा कारबाही, सयौँ पक्राउ

एजेन्सी- म्यान्मा सेनाले बुधबार थाइल्याण्ड सीमा नजिकै रहेको अनलाइन ठगी

मेरो नाम जोडिँदा पसलमा आगो लगाइयो : शान्ता चौधरी 

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसल अर्काको

ओलीले सरकारलाई भने- बोल्दैमा कसैलाई थुन्न पाइँदैन, दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले