मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न « Khabarhub

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँमंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । भारतीय र मंगोलियन सेनाले संयुक्त रुपमा ‘नोमाडिक एलिफेन्ट २०२४’ सैन्य अभ्यास गरेका हुन् ।

यस वर्षको संयुक्त सैन्य अभ्यास भारतमा आयोजना गरिएको थियो । गत जुलाई ३ देखि शुरु भएको अभ्यासको उद्‌घाटन भारतका लागि मंगोलियाका राजदूत दम्बज्याभन गानबोल्द र भारतीय सेनाका मेजर जनरल प्रसन्न जोशीले गरेका थिए ।

अघिल्लो वर्षको सैन्य अभ्यास भने मंगोलियामा आयोजना गरिएको थियो । यस वर्षको सैन्य अभ्यासमा मंगोलियाका १ सय ५० र भारतका ४५ सैनिकको सहभागिता रहेको थियो ।

संयुक्त अभ्यासको समापनसँगै दुई मुलुकका सेनाबीच रक्षा सहकार्यलाई बढावा दिने विषयमा सहमति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ४२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००