पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ | Khabarhub Khabarhub

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षे मदनप्रकाश गिरीलाई पक्राउ परेका हुन् ।

छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो पाँच सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।

चालक गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ३१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको