क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु « Khabarhub

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर (८० माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउन थालेको राज्य प्रसारक एचआरटीले जनाएको छ ।

उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ ।प्रहरीले स्थानीय समयानुसार बिहान १०ः१० बजे घटनाको जानकारी पाएको र संदिग्धले नर्सिङ होममा प्रवेश गरी बन्दुक प्रयोग गरेको पुष्टि गरेको छ । अपराधमा संलग्न व्यक्ति प्रहरी हिरासतमा रहेको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान गरे ।

यस क्षेत्रको क्षेत्रीय आपत्कालीन हेरचाह सुविधाका प्रमुख नेनाद मर्जलेकीले भने, “मेडिकल टोलीले घटनास्थलमा चार जनाको मृत्यु भएको फेला पार्यो र अन्य चार जना घाइते भएका थिए, उनीहलाई तत्काल स्थानीय अस्पतालमा लगियो ।”

क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी भनेर वर्णन गरेको छ । गत वर्ष छिमेकी मुलुक सर्बियामा एकपछि अर्को गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : ०७ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्