गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’ | Khabarhub Khabarhub

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट नम्बर’ राख्न थालेको छ ।

विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्टेट नम्बर र गल्लीको नाम राख्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्टेट नम्बर राख्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताए ।

उनले रु पाँच लाख नगरपालिकाको बजेटले एक सय स्थानको नम्बर र टोलको नाम राख्न थालिएको बताए । उनले स्टेट नम्बर राख्नका लागि पोल गाडिएको बताए । खड्काले बोलीचालीको भाषामा लेख्दै आएको टोलको नामलाई स्टेट नम्बरसँगै लेख्नेगरी अहिले स्टेट नम्बरको पोल गाड्ने काम अन्तिम चरणमा पुगेको बताए ।

“पोखराको लेकसाइडमा राखिएको स्टेट नम्बर जस्तै व्यवस्थित रुपमा बागलुङ बजारमा स्टेट नम्बर राख्न थालिएको छ, अहिले पर्यटकहरु अलमलिएको अवस्थामा टोल–टोल पहिचानका लागि स्टेट नम्बर राखिएको र राखिएको नम्बर र टोलको नाम गुगल म्यापमा समेत राख्ने छौं, जस्कारण सजिलै गन्तव्यमा पुग्न पर्यटक तथा आगन्तुकलाई सहज हुनेछ”, उपप्रमुख खड्काले भने।

पहिलो चरणमा एक सय चोक तथा मुख्य गल्लीको स्टेट नम्बर राखेपछि आगमी वर्ष थप भित्रि गल्ली तथा चोकको स्टेट नम्बर राख्ने योजना नगरपालिकाको रहेको छ । भित्रि तथा सहायक बाटोलाई दोस्रो चरणमा स्टेट नम्बर राखिने छ ।

स्थानीय समुदायको सुझाव र समन्वयका आधारमा स्टेट नम्बर राख्दा बागलुङ बजारलाई पर्यटकीय नगरी बनाउने कामलाई सहज बन्ने बागलुङ नगरपालिकाको योजना रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : ०२ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका