देशका अधिकांश भूभागमा वर्षा, केही स्थानमा ठूलो पानी पर्ने | Khabarhub Khabarhub

देशका अधिकांश भूभागमा वर्षा, केही स्थानमा ठूलो पानी पर्ने


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेशका एकदुई स्थानमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश र लुम्बिनी प्रधेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : १७ बजे

माओवादीले तयार पारेको ड्राफ्टमा सहमत छौँ : योगेश भट्टराई

काठमाडौं– नेकपा माओवादी केन्द्रले संसद्को गतिरोध खुलाउन दुई बुँदे सहमतिको

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी

‘भिजिट भिसा प्रकरणबारे हाम्रा विषय निष्कर्षमा नपुर्‍याई छाड्दैनौँ’

काठमाडौं– रास्वपा सांसद् सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका

सरुवा भएका स्वास्थ्य कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाहीको चेतावनी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा

बर्षमानले भने- सदनको गतिरोध अन्त्य गर्न हामी नरम, सरकार गरम

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत