चन्द्रागिरीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

By खबरहब

August 22, 2024

काठमाडौं– नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

झोलामा प्रेसर कुकर जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि सुरक्षा निकायलाई खबर गरिएको थियो ।