प्रहरी समायोजनका लागि संघीय कानून संशोधन गरिन्छ : गृहमन्त्री « Khabarhub

प्रहरी समायोजनका लागि संघीय कानून संशोधन गरिन्छ : गृहमन्त्री


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा सुशासन, दिगो शान्ति, विकास र सम्वृद्धि प्राप्त गर्ने उद्देश्यका साथ अगाडि बढेको बताएका छन् ।

बिहिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई कार्यान्वयन गर्ने र थप सुदृढ बनाउन नयाँ सत्ता समीकरणले काम गरिरहेको बताए ।

उनले प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडि बढेको जानकारी दिए ।

मन्त्री लेखकले संघको प्रहरी कानुन संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने र परिमार्जनसहित नयाँ कानुन बनाउने बताए ।

उनले  प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेस हुने बताए ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संसोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको दाबी छ ।

वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै सम्झौता नहुने र मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाइ छ ।

 

 

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १२ : ५० बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको