समाचार

अभिनेता विपिन कार्कीकी आमाको अन्तिम बिदाइ (तस्बिरहरू)

By खबरहब

August 22, 2024

काठमाडौं- अभिनेता विपिन कार्कीले आफ्नो जन्मदिनको खुसीबीच आमालाई गुमाएका छन् । विपिनले एकातिर जन्मदिनको शुभकामना पाइरहेका छन् भने अर्कातिर आमाको निधनमा श्रद्धाञ्जली पनि !

कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।

सरस्वतीको फोक्सोमा पानी जम्ने समस्या थियो । पछिल्लो समय उनको मस्तिष्कमा पनि समस्या देखिएको थियो । त्यसपछि उनलाई पाटन अस्पतालकोभेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कर्कीकी दिवंगत आमा सरस्वतीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । त्यसक्रममा विपिन र उनका आफन्त तथा चलचित्रकर्मी भाविह्वल देखिए ।

आमा बिरामी भएपछि विपिन ‘ऊनको स्वीटर’ चलचित्रको छायांकन छाडेर काठमाडौं आएका थिए ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी