झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ? « Khabarhub

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ?  तपाइँले देखेका ती  सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । तपाई पोखरा जानु भएको छ भने पातले छाँगो वा डेभिज फल्स त पक्कै जानु भएको होला त्यहाँबाट झरेकाे पानी पनि सेतो देखिन्छ ।त्यस्तै अन्य झरनाहरुको पानी सेतो देखिन्छन् ।  यसको कारण के होला भन्ने तपाइँलाई लागेको छ भने आज हामी यसको बारेमा जानकारी गराउँदैछौँ ।

आखिर झरनाको पानी किन सेतो देखिन्छ त ? कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तुलाई देख्छौँ ।

त्यसैगरी पानीबाट पनि सूर्यको प्रकाश ठोक्किएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ ।

जसरी सूर्यबाट प्रकाश आउँछ, त्यसरी नै त्यो प्रकाश र्फने गर्छ । त्यसैले त्यो बिनारङ्गको देखिन्छ ।

तर, झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरुमा टुक्रिने हुनाले ती पानीका थोपाहरुले प्रकाशलाई विभिन्न कोणमा परावर्तित गर्छन् । त्यही भएर तिनीहरु सेता देखिने गर्छन् ।

सूर्यको प्रकाश विभिन्न कोणमा बाङ्गिएर हाम्रो आँखामा पर्‍यो भने त्यो सेतो रङ्गको देखिन्छ ।

यो कुरा ऐनामा पनि लागू हुन्छ । चिल्लो सतह भएको ऐना रङ्गहीन देखिन्छ । तर, त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाङ्गिएर फर्कने हुँदा त्यो पनि सेतो देखिन्छ ।

त्यसैगरी, बादल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरू हुन्छन् । त्यसैले ती पनि सेतै देखिन्छन् । एजेन्सिहरुको सहयोगमा

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १ : १६ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल