रविले संसद्‍मा भने- भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन, स्वीकार्न सकिँदैन « Khabarhub

रविले संसद्‍मा भने- भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन, स्वीकार्न सकिँदैन


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरूको फोन आइरहेको भन्दै पाँच वर्षे हदम्याद राख्ने कुरा मान्य नहुने बताएका हुन्  ।

रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए । देशका युवाहरूले देशको चिन्ता गर्दै सांसदहरूलाई झक्झकाउनु सकारात्मक भएको उनले बताए ।

हदम्यादको विरोधमा सिंगो सदन एक ठाउँ उभिने उनको विश्वास छ । त्यस्तै लामिछानेले नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रूपमा हेरेको भन्दै यसको स्पष्ट परिभाषा आउनुपर्नेमा जोड दिए ।

उनले राज्यको विभिन्न निकायमा दलितको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका दलित अधिकारकर्मी खगेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

आफ्ना माग लिएर आन्दोलन गरिरहेकामाथि हस्तक्षेप गर्नुको साटो संविधानले निर्दिष्ट गरे अनुसार राज्यको विभिन्न निकायमा उनीहरूको सहभागिता गराउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १ : ५२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७