संसद्मा पुग्यो त्रिवि असुरक्षा प्रकरण, सुमनाले साँधिन् प्रधानमन्त्री ओलीलाई निशाना « Khabarhub

संसद्मा पुग्यो त्रिवि असुरक्षा प्रकरण, सुमनाले साँधिन् प्रधानमन्त्री ओलीलाई निशाना


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभाग प्रमुख नियुक्तिलाई लिएर देखिएको द्वन्द्व संसद्‍मै पुगेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ त्रिवि विवाद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना साँधिन् ।

‘बलभन्दा बुद्धि ठूलो, बुद्धिभन्दा दल ठूलो जस्तो भयो त्रिविमा । विभागीय प्रमुखको पदका लागि भएको विवाद दलीय राजनीतिकरणले देखाएको दुर्दशा हो’, पूर्वशिक्षामन्त्री समेत रहेकी उनले भनिन्, ‘एउटा मन्त्रीले अर्को मन्त्रीलाई जोडदार माग गर्नुपर्ने तर ती मन्त्रीको कप्तान प्रधानमन्त्री हुन् ।’

उनले गत साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटेको पनि खुलासा गरिन् ।

‘यति हुँदा पनि शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुर्छ भन्ने सेनापति को हो? अहिलेको प्रधानमन्त्री’, उनले भनिन्, ‘प्रधानमन्त्रीले मुखमा रामराम बगलीमा छुरा देखाइरहनु भएको छ। दलीय राजनीतिमुक्त हुनुपर्छ विश्वविद्यालय, यसमा कुनै सम्झौता हुनु हुँदैन ।’

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि त्रिविमा असुरक्षा बढेको कुरा आफूले सुनेको बताए । उनले त्रिविका पदाधिकारीहरू असुरक्षाका कारण कार्यालयमै आउन छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  २ : ०१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल