संसद्मा पुग्यो त्रिवि असुरक्षा प्रकरण, सुमनाले साँधिन् प्रधानमन्त्री ओलीलाई निशाना « Khabarhub

संसद्मा पुग्यो त्रिवि असुरक्षा प्रकरण, सुमनाले साँधिन् प्रधानमन्त्री ओलीलाई निशाना


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभाग प्रमुख नियुक्तिलाई लिएर देखिएको द्वन्द्व संसद्‍मै पुगेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ त्रिवि विवाद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना साँधिन् ।

‘बलभन्दा बुद्धि ठूलो, बुद्धिभन्दा दल ठूलो जस्तो भयो त्रिविमा । विभागीय प्रमुखको पदका लागि भएको विवाद दलीय राजनीतिकरणले देखाएको दुर्दशा हो’, पूर्वशिक्षामन्त्री समेत रहेकी उनले भनिन्, ‘एउटा मन्त्रीले अर्को मन्त्रीलाई जोडदार माग गर्नुपर्ने तर ती मन्त्रीको कप्तान प्रधानमन्त्री हुन् ।’

उनले गत साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटेको पनि खुलासा गरिन् ।

‘यति हुँदा पनि शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुर्छ भन्ने सेनापति को हो? अहिलेको प्रधानमन्त्री’, उनले भनिन्, ‘प्रधानमन्त्रीले मुखमा रामराम बगलीमा छुरा देखाइरहनु भएको छ। दलीय राजनीतिमुक्त हुनुपर्छ विश्वविद्यालय, यसमा कुनै सम्झौता हुनु हुँदैन ।’

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि त्रिविमा असुरक्षा बढेको कुरा आफूले सुनेको बताए । उनले त्रिविका पदाधिकारीहरू असुरक्षाका कारण कार्यालयमै आउन छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  २ : ०१ बजे

पाकिस्तानी रक्षा मन्त्रीले भने– अमेरिकाले नेतन्याहूलाई पनि ‘अपहरण’ गरेर मुद्दा चलाउनु पर्छ

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद असिफले इजरायली प्रधानमन्त्री बेन्जामिन

होमनाथ दाहालको निधनमा कांग्रेसबाट शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एव वरिष्ठ पत्रकार होमनाथ

घनश्याम भुसालको टिप्पणी : गगन–विश्वले कांग्रेसको सिन्डिकेट भत्काए देशको राजनीतिक गतिरोध पनि तोडिन्छ

काठमाडौं– नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली काङ्ग्रेसको प्रस्तावित

बाँकेमा चिसोले मर्न थाले मौरी

नेपालगन्ज– मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष