संसदीय छानबिन समितिले शुक्रबार रवि र छविको बयान लिने « Khabarhub

संसदीय छानबिन समितिले शुक्रबार रवि र छविको बयान लिने


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वडीआईजी छविलाल जोशीको बयान शुक्रबार लिने भएको छ ।

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई बयानका लागि शुक्रबार ११ बजे बोलाउन लागिएको समितिले जनाएको छ ।

उनको बयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।

गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । उनको बयान लिएपछि मात्रै रास्वपा सभापति लामिछानेको बयान लिने संसदीय छानबिन समितिले यसअघि नै तयारी गरेको थियो ।

जोशीकी आमाको निधन भएकाले बयानका लागि समितिले पर्खिएको थियो । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले बयानमा आउने बताएका थिए । उनीलगत्तै रविको पनि बयान लिने समितिका एक सदस्यले खबरहबलाई बताएका छन् ।

ती सदस्यका अनुसार जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ३ : ५१ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता