समाचार

सरकारलाई गल्ती गर्ने छुट छैन, जनताले गुनासो गर्ने ठाउँ दिँदैनौँ : प्रधानमन्त्री

By खबरहब

August 22, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई जनताले औँलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताउँदै जनताले औलो ठड्याउने गरी काम नगर्ने बताएका हुन् ।

उनले भने- ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्योल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन । कुनै छुट छैन ।’

उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्पष्ट र दृढ रहेको स्पष्ट पारे ।