साफ यू–२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा « Khabarhub

साफ यू–२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए । खेलको १७ औँ मिनेटमै नेपालले सुरुआती अग्रता लियो ।

नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए । त्यस्तै खेलको १९ औँ मिनेटमा निराजन धामीले गोल गरे ।

पहिलो हाफको ४२ औँ मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका थिए । तीन अंक जोडेको बंगलादेश  पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । अव शुक्रबार हुने  समूह बी को अन्तिम खेलबाट नेपाल र बंगलादेशको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुने छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ५ : ५२ बजे

जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको सङ्कटले विश्वलाई

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा– मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी

मण्डनदेउपुरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

काभ्रेपलाञ्चोक– बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र