थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त | Khabarhub Khabarhub

थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्यान्डमा बिहीबार दिउँसो एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ ।

यो जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणका अनुसार एफएल ३६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी२०८ (एचएस-एसकेआर) जहाज ९ जना यात्रुसहित उडेको थियो ।

सुवर्णभूमि विमानस्थलबाट दिउँसो २ बजेर ४६ मिनेटमा उडेको यो जहाज टार्ट प्रान्तस्थित को माई ची विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

यो जहाज दिउँसो ३ बजेसम्म सुवर्णभूमि विमानस्थलस्थित टावरको सम्पर्कमा थियो । त्यसपछि यो जहाज दिउँसो ३ बजेर १८ मिनेटमा दुर्घटनामा परेको हो ।

बेपत्ता भएपछि खोजीका क्रममा यो जहाज जंगलभित्र ध्वस्त भएको अवस्थामा भेटिएको हो । दुर्घटनामा भएको हताहतीबारे विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ४४ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार