टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय | Khabarhub Khabarhub

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धको १० महिनापछि सरकारले चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो।

टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिएका थिए।

टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि उनले बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । उनको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

मन्त्री गुरुङले टिकटमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय भएको पुष्टि खबरहबसँग गरे । शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको गुरुङले बताए ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटक खुलाउन सहमत भएसँगै गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाटै पास भएसँगै अब २०८० कात्तिक २७ अघि जस्तै नेपालमा टिकटक चलाउन पाइने छ ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । खास गरी एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ता शान्ति बरालबारेका आपत्तिजनक सामग्री भाइरल भएपछि टिकटलाई सरकारले निशाना साँधेको थियो।

त्यसबेला यी दुईजनासँग सम्बन्धित कन्टेन्ट भाइरल भएपछि सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रचण्डले सरकार छाडिसकेपछि सत्तामा फर्किएका केपी शर्मा ओली क्याबिनेटले फेरि टिकटकलाई खुलाउने निर्णय लिन लागेको हो ।

टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हटाउने निर्णयमा सरकार पुग्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले पछिल्लो पटक पठाएको पत्रका आधारमा मन्त्री गुरुङ पनि प्रतिबन्ध खुलाउन लचिलो भएका थिए ।

अब सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध हटाएको हो ।

टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालना गर्ने जनाएको छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकलाई नेपालमा चल्न नमिल्ने गरी प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ७ : १७ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन