३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रहरीमा हलचल « Khabarhub

३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रहरीमा हलचल


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो ।

सर्वोच्चले यसअघिका बृहत पूर्ण इजलासका निर्देशनात्मक आदेशहरू किन कार्यान्वयन नभएको हो ? र, यस सम्बन्धमा संविधानको धारा १२८ (४) बमोजिम कारबाही किन चलाउनु नपर्ने हो ? भन्ने सम्बन्धमा विपक्षीहरूसँग १५ दिनभित्र छुट्टाछुट्टै जवाफ खोजेको छ ।

सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै आगामी असोज १० गते पूर्ण इजलासमा पेस गर्न पनि आदेश दिएको छ । सर्वोच्चले यो विवादमा विपक्षीहरूसँग लिखित जवाफ मागेको छ।

यही भदौ १६ गते अवकाशमा जान लागेका ९० मध्ये २१ अधिकृतले बुधबार सर्वोच्च अदालतमा रिट हालेका थिए । ३० वर्षे सेवाअवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध तत्काललाई उनीहरूले अन्तरिम आदेश मागेका थिए ।

१६ भदौ, २०८१ मा अवकाश हुन लागेका एसएसपी जीवनकुमार श्रेष्ठसमेत २१ जनाले सर्वोच्चमा ३० वर्षे सेवावधिका आधारमा अवकाश हुने ब्यवस्था खारेजको माग राख्दै रिट निवेदन दर्ता गरेका थिए ।

प्रहरी नियमावली २०७१ मा सेवावधिका आधारमा अवकाश हुने ब्यवस्था छ । उनीहरूले त्यो व्यवस्था हटाउन माग राखे अनुसार अन्तरिम आदेश आएको छ ।

निजामती सेवामा ५८ वर्षे उमेरहद मात्रै लागू छ । सैनिक सेवा, शिक्षक सेवा, स्वास्थ्यसेवामा ४० वर्षे उमेरहदका आधारमा अवकाश हुने ब्यवस्था छ । न्यायसेवामा न्यायाधीशहरू ६५ वर्षसम्म कार्यरत हुन सक्छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवावधिले अन्याय भएको भन्दै रिट निवेदनमा उक्त ब्यवस्था खारेज गर्न भनिएको थियो ।

यही व्यवस्था कायम रहेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) देखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्म ९० जना यही भदौमा अवकाशमा जाँदै थिए । प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन अहिले गृह मन्त्रालयमा छलफल भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको उमेर पुनरावलोकन गर्न बनेको कार्यदलको प्रतिवेदन स्वीकृत गरेर राय माग्न अर्थ मन्त्रालयमा पठाइएको छ ।

गृहका सह-सचिव झक्कप्रसाद आचार्य संयोजकत्वको कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन पनि दिइसकेको छ । प्रतिवेदनमा बढीमा १० वर्ष र कम्तीमा पनि ६ वर्षभित्रमा पूर्णरूपमा ३० वर्षे सेवा अवधि सकिने जनाइएको थियो ।

कार्यदलले प्रहरीको पदावधि प्रत्येक वर्ष ६ महिनाको दरले थप्न भनेको थियो। आईजीपीको ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपी (नेपाल प्रहरीतर्फ) ८ वर्ष, एसपी र डीएसपीको १० वर्ष कायम गर्न सिफारिस गरिएको थियो । सशस्त्र प्रहरीका एसएसपीका लागि ७ वर्ष सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ७ : ३४ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको