दोलखामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे  « Khabarhub

दोलखामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे 


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दोलखा– हिमाली जिल्ला दोलखामा पछिल्ला दिनहरूमा भइरहेको मौसम परिवर्तनसँगै डेंगु, भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका मेडिकल तथा अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केही दिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनिया,डेंगुलगायत बिरामीको सङ्ख्या बढेको हो।

उपचारमा आउनेमध्ये डेंगुकाे लक्षण भएका,मौसमी  रुघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका वैतेश्वर अस्पतालकी  प्रमुख डा निरामिका पाठकले बताइन् । डा.पाठकका अनुसार गत साउन महिनामा मात्रै एक हजार २५ जना बिरामी उक्त रोगहरूको  उपचारका लागि अस्पताल आएको बताइन् ।

वर्षायाम र खेती लगाउने समय भएकाले साउन यता लाम्खुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमणको लक्षण लिएर आउने बिरामीको संख्या दुई सयभन्दा धेरै रहेको उनले जानकारी दिइन।साउन पहिलो सातादेखि हालसम्म डेंगु,भाइरल ज्वरो,मौसमी रुघाखोकी,झाडापखाला,पिसाब इन्फेक्सन लगायतका समस्या लिएर आउने बिरामीको संख्या एक हजार बढी रहेको डा. पाठकले जानकारी दिइन ।

‘उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रुघाखोकीको समस्या देखिएको छ’, उनले भनिन् , अन्य समयमा भन्दा साउनमा ४०/४५ प्रतिशत बिरामी बढेको उनले बताइन्।

वैतेश्वर अस्पतालमा डेंगुकाे लक्षण लिएर आउने मध्ये हालसम्म ३ जनामा पोजेटिभ देखिएको उनले बताइन्।

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले यसबाट बच्न घर वरपर सरसफाइ र पानीका खाल्डाखुल्डी पुर्ने,पानी जम्न नदिने,शरीर ढाक्ने कपडा लगाउने,झुल भित्र मात्रै सुत्ने, सिटामोल बाहेक अन्य औषधि प्रयोग नगर्ने,प्राप्त पानी पिउनाले पनि डेंगुबाट बच्न सकिने डा. पाठकले जानकारी दिइन ।

त्यसै गरी  मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने, र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा.पाठक जानकारी दिए ।

अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै पछिल्ला दिनमा वैतेश्वरसहित छिमेकी पालिका गौरीशंकर, जिरी, तामाकोशीलगायतका स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।

टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वास्थ्यकर खाना खान बिरामीलाई डा.पाठकको सुझाव रहेको छ।

मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुन कम्तीमा एक हप्तादेखि दुई हप्तासम्म लाग्न सक्ने चिकित्सकहरू बताउँछन् । जिल्लामा पछिल्ला समय डेंगुका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन्।

जिल्लाका अन्य मेडिकल तथा निजी क्लिनिकमा पनि भाइरल ज्वरो र झाडापखालाका बिरामीको चाप बढ्दै गएको जनाइएको छ।

सदरमुकाम चरिकोटका अस्पताल तथा मेडिकलहरूले बताउन थालेका छन् । सदरमुकाम चरिकोटको पशुपति चौलागाईं अस्पताल,च्छोरोल्पा अस्पताल,सामुदायिक हस्पिटल चरिकोट,धुलिखेल अस्पताल दोलखा र जिरी अस्पतालमा पनि डेंगु, भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको चाप बढेको हो ।

त्यसै गरी वैतेश्वरका वडा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा समेत दैनिक बिरामी बढिरहेको नाम्दु स्वास्थ्य चौकी इन्चार्ज नविन दाहालले बताए । वडा नम्बर-६को नाम्दु स्वास्थ्य चौकीमा एक महिनाको अवधिमा चार सयभन्दा बढी ज्वरो,झाडापखाला,रुघाखोकीका बिरामी आएको दाहालले बताए ।

-सुबास बस्नेत

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ७ : ५५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका