चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी « Khabarhub

चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज सफलले पौडेलसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीमाथि छानबिनको माग गर्दै आयोगमा उजुरी दिएका हुन् । बिहीबार अख्तियारको कार्यलयमा पुगेर छानबिनको माग सहित उजुरी दिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

युवराजले अर्थमन्त्री पौडेलले रुपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनी सार्वजनिक जग्गा लिएको र ललिता निवास प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरेका छन् ।

यस्तै उजुरीमा परराष्ट्रमन्त्री देउवा नक्कली भुटानी शरणार्थी प्रकरण र ऊर्जामन्त्री खड्का नेपाल स्काउटको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १० : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै