कांग्रेस-एमाले गठबन्धन निर्वाचनसम्म जारी राख्नुपर्छ : नेता गच्छदार « Khabarhub

कांग्रेस-एमाले गठबन्धन निर्वाचनसम्म जारी राख्नुपर्छ : नेता गच्छदार


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । उनले राजनीतिकमा आइरहने उतारचढावका कारण मुलुकको विकास र समृद्धिमा अवरोध आइरहेको चर्चा गर्दै भने, “सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ।”

नेता गच्छेदारले संविधान संशोधन गर्दा समानुपातिक र समावेशी प्रतिनिधित्व हटाउने कुरा गलत अफवाह भएको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन हुनुपर्ने जिकिर गरे ।

उनले छुट्टै आयोग बनाएर संविधान संशोधन गर्नु भन्दा संसदीय समिति बनाएर संविधान संशोधन गर्दा उपयुक्त हुने धारणा व्यक्त गरे ।

फरक प्रसङ्गमा नेता गच्छेदारले २०७९ को निर्वाचनको परिणाम आएपछि नै आफूले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेको र
दुई ठूला दल मिल्दा मुलुकमा राजनीतिक स्थिरता आई विकास र समृद्धिको यात्रा पूरा हुने भएकाले अहिलेको गठबन्धनलाई २०८४ सालको निर्वाचन सम्म जारी राख्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको मोर्चाले मुलुकमा ठूलठूला परिवर्तन गरेको बताउँदै वर्तमान संविधानलाई परिमार्जित र परिष्कृत बनाउन पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ११ : ०५ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल