विश्वकप लिग– २ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा « Khabarhub

विश्वकप लिग– २ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो।

यो खेल आइतबार साँझ ८:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल खेल्न लागेको हो। नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ।

क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी-२० आई सिरिज खेल्नेछ।

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : १२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्