प्रिमियरसिपमा लिभरपुलको अग्रता : कुन खेल कति रोचक ? « Khabarhub

प्रिमियरसिपमा लिभरपुलको अग्रता : कुन खेल कति रोचक ?


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लन्डन – निकोलास ज्याक्सनले दुई गोल गरेपछि चेल्सीले वेस्टहामसँगको अबे खेलमा ३-० को जित हात पारेको छ। वेस्टहामको लगातार तेस्रो घरेलु भूमिमा हार हो। चेल्सीका लागि कोल पाल्मरले तेस्रो गोल गरे। चौथो मिनेटमा ज्याक्सनले पहिलो गोलको अग्रता दिलाएका थिए भने १४ औं मिनेटमा उनैले अर्को गोल गरेका थिए। ज्याक्सनले नै दिएको चलाखीपूर्ण पासलाई उपयोग गर्दै पाल्मरले दोस्रो हाफको सुरुवातमा नै गोल गरे।

लिचेस्टर सिटीसँग १-१ गोलको बराबरी गर्दै एभटरनले सिजनको पहिलो अङ्क बटुलेको छ। यी दुवै टोलीले अहिलेसम्म जित हात पार्न सकेका छैनन्।

एभरटनलाई राम्रो सुरुवात दिलाउने क्रममा १२ औं मिनेटमा एस्ली योङको पासमा इलियाम निदियासले गोल गरे। दोस्रो हाफमा लिचेस्टरका स्टीभी माभिदिदीले गोल गरे। इङ्लिस प्रिमियर लिगकै शनिबार भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र त्रिस्टल प्यालेस बिच गोलरहित बराबरी भएको छ।

लुइस डियाजको २ गोलमा बोर्न माउथलाई ३-० ले हराएपछि लिभरपुलले तालिकामा अग्रता कायम गरेको छ। तथापि लिभरपुल र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको बराबर १२ अङ्क भए पनि लिभरपुलले एक खेल बढी खेलेको छ। गत खेलमा नटिङघम फरेस्टसँगको हार पछि एकै पटक घरेलु लिगमा खेली रहेको लिभरपुलका लागि डियाजले २६ औं मिनेटमा रिबाउन्डमा गोल गरेका थिए। उनले रिबाउन्डमा आएको बललाई खालि पोस्टमा गोल गरेका हुन्।

ट्रेन्ड अलेक्जेन्डर आर्नोल्डको पासलाई उपयोग गर्दै कोलम्बियन स्ट्राइकर डियाजले २८ औं मिनेटमा नै दोस्रो गोल गरे। डारियो नुनेजले अर्को गोल गरे पछि लिभरपुलले पहिलो हाफमा नै ३-० को अग्रता लिएको हो।

यस सिजनका शानदार सुरुवात गरेको न्यु क्याशलले भने पहिलो पराजयको सामना गरेको छ। शनिबार नै फुलहामले न्यु क्याशललाई ३-१ ले हरायो।

पाँचौँ मिनेटमा राउल गिमिनेचजको उत्कृष्ट गोलमा अग्रता लिएको फुलहामका लागि २२ औं मिनेटमा एमिली स्थिमले गोल गरे।

पहिलो हाफमा खराब प्रदर्शन गरेको न्यूक्याशल दोस्रो हाफ सुरु भएको २८ सेकेन्डमा नै अन्तर घटाउन सफल भएको थियो। न्यूक्याशलका लागि हार्भे बार्नेसले गोल गरेका हुन्। इन्जुरी समयमा फलहामका नेल्सनले गोल गरे।

अर्को खेलमा डोमेनेक सोलान्केले सिजनको पहिलो गोल गरेपछि टोटनहाम हस्टस्पर्सले कम ब्याक गर्दै ब्रेन्ट फोर्डलाई ३-१ ले हराएको छ। २३ औं सेकेन्डमा केविन लेविस पोर्टरको पासमा ब्रायन एमब्युमोले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए।

आठौँ मिनेटमा सोलान्केले गोल गरेका हुन्। त्यसपछि दबाब दिइरहेको टोटनहामका लागि २८ औं मिनेटमा ब्रेनन जोन्सनले अर्को गोल गरे। खेल सकिन ५ मिनेट बाँकी जेम्स म्याडिसनले अर्को गोल गरे।

अस्टन भिल्लाले अन्तिम समयमा दुई गोल गर्दै भिल्ला पार्कको घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई ३-१ ले हरायो। पहिलो हाफमा बलियो देखिएको उल्भ्सले २५ औं मिनेटमा म्याथ्यु कुन्हाको गोलमा अग्रता लिएको थियो। ७३ औं मिनेटमा ओले वाटकिन्सनको गोलमा भिल्ला खेलमा फर्किएको हो। ८८ औं मिनेटमा एर्जी कोन्साको गोलमा अग्रता लिएको भिल्लाका लागि जोहन डुरानले अन्तिम गोल गरे।

साउथहाम्टाउन र इप्सबिच टाउनबिचको खेलमा १-१ गोलको बराबरी भएको छ। ५ खेलमा १२ अङ्कसहित लिभरपुल पहिलो तथा ४ खेलमा १२ अङ्क जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छन्। ५ खेलमा १२ अङ्क नै भएको भिल्ला तेस्रो स्थानमा छ। ५ खेलमा १० अङ्क जोडेको चेल्सी चौथो तथा ४ खेलमा १० अङ्क जोडेको आर्सनल पाँचौँ स्थानमा छन्। समान अङ्क रहेको न्यूक्यशाल युनाइटेड छैटौँ स्थानमा छ।
तस्बिर : बिबीसी

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ५३ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री