पटाका बरामद « Khabarhub

पटाका बरामद


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ ।

नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिरहाबाट भुस्सा लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार जोकर लेखिएको प्रति प्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रति बाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार दुईसय प्याकेट र प्रति प्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो ।

यस्तै, खुर्सानी लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७–१८ का दरले जम्मा दुई सय ३९ बण्डल (प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले) गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसरी लुकाइछिपाइ पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रकचालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : ०७ बजे

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को