सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन  « Khabarhub

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि फस्ट स्टेप काठमाडौंले जितेको छ ।

धरान– १६ स्थित विवि फुटसलमा आयोजित तीनदिने प्रतियोगिताको फाइनलमा ओपनतर्फ युनाइटेड फेलोसिप दार्जिलिङलाई ५–१ को गोलअन्तरले हराउँदै फस्ट स्टेप काठमाडौं च्याम्पियन बनेको हो ।

उपाधिसँगै फस्ट स्टेपले नगद दुई लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ । उपविजेता युनाइटेड फेलोसिप दार्जिलिङले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै, महिला तर्फको उपाधि ऐना समूह धरान तथा भेट्रानतर्फको उपाधि डिआर एफसी धरानले जितेको छ ।

प्राविधिक कारणले एक्ट नेपाल इटहरीले फाइनलमा सहभागिता जनाउन नसकेपछि ऐना नेपाललाई विजेता घोषित गरिएको थियो । ऐना समूहले नगद २० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।

भेट्रान समुहतर्फ डिआर एफसी धरानले ग्रेस फाउण्डेसन गान्तोक सिक्किमलाई ४–२ गोलअन्तरले हराउँदै उपाधि जित्यो । डिआर एफसीले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्‍याे । उपविजेता बनेको ग्रेस फाउण्डेसनले नगद ३० हजार र तेस्रो भएको आश्रय काठमाडौंले नगद २० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी ओपन तर्फ फस्ट स्टेपका प्रबल राई र उत्कृष्ट गोलकिपर दार्जिलिङ युनाइटेडका राजु शर्मा घोषित भए । उनीहरूले जनही नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच फस्ट स्टेपका सविन राई घोषित भए ।

भेट्रान तर्फको उत्कृष्ट खेलाडीमा डिआर एफसी धरानका निरज लामा र उत्कृष्ट गोलकिपर ग्रस फाउण्डेसन गाङटोकका कालजेन भुटिया घोषित भए । उनीहरूले जनही २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे ।

बिजेताहरूलाई कोशी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव एवं नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) सञ्जीवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकार, धरान– १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र) लगायतले पुरस्कार प्रदान गरेका थिए । 

पूर्वदुव्यर्सनी तथा रिकभरिङ्ग खेलाडीहरूमा आपसी भाइचारा तथा सामाजिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा धरान, चितवन, काठमाडौं, झापा, मोरङ, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक सिक्किम लगायतबाट रिकभरिङ्ग टिमले सहभागिता जनाएका थिए ।  

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : ४८ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक