धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै « Khabarhub

धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै

प्रहरी अधिकारी भन्छन्- जनचेतनाका कार्यक्रम प्रभावकारी भए


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरिमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जना,जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाभरिमा यसअघि आर्थिक वर्ष २०७९/०८०मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए ।

‘पछिल्लो समय जनचेतना कार्यक्रम तीव्र बनाएका छौँ’, ओलीले भने, ‘जनचेतनाका कार्यक्रमहरू प्रभावकारी सावित भएको छ, यो हाम्रा लागि सुखद संकेत हो ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : २७ बजे

भन्सार एजेन्टको आन्दोलन फिर्ता, माग कार्यान्वयन गर्दै जाने विभागको निर्णय

काठमाडौं– पेन डाउन गरेर आन्दोलनमा उत्रिएका भन्सार एजेन्टहरूले आन्दोलन फिर्ता

ईश्वर पोखरेलको समूहबाट प्रतिस्पर्धामा उत्रने छौँ : गोकर्ण विष्ट

काठमाडौं– नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा पार्टीमा

रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा धमाका : ओटीटी अधिकारमा रेकर्ड बिक्री

काठमाडौं– बलिउडका चर्चित अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ बक्स

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस

काठमाडौं– फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी– यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने भन्दै