सांकेतिक तस्बिर

अपराध

ससुराको हत्या गरेको आशंकामा ज्वाइँ पक्राउ

By खबरहब

September 22, 2024

माेरङ– मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंकामा एक जना पक्राउ परेका छन् ।

करिब ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

हत्या पश्चात् उनका ज्वाइँ रविन राई फरार रहेका थिए । ज्वाइँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ ।

मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिए ।