चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने « Khabarhub

चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न दसैँ-तिहारका लागि असोज १२ गतेदेखि बसको टिकटको अग्रिम बुकिङ खुलाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुलाउले निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागबारे सात बुँदे निर्णय गरेको छ ।

बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन पनि दिएको छ ।

बीपी राजमार्ग सुरक्षाका लागि साना सवारी मात्रै सञ्चालन गर्न र रात्रि गाडी रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

विभागले उक्त कार्यको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट दिने निर्णय पनि भएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको बताए । उनले अब एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेर अग्रिम टिकट खुलाइने बताए ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने पनि उनले बताए । वैज्ञानिक भाडा समायोजन तीन वर्षदेखि नभएकाले छठ पर्वपछि निर्णय भएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : ४७ बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका