विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका-१ यादव टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय समिम मिँया र रामधुनी नगरपालिका-३ बस्ने २८ वर्षीय अमित चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय लौक‍ही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ३०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै कोशी गाउँपालिका-१ लौकही भन्सार कार्यालयस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० बस्ने २९ वर्षीय विकास अधिकारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले बा.४९ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१६ नौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय सन्दिप चापागाइ र सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय अर्जुन बिक रहेका छन् ।

अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित इलाम सुर्योदय नगरपालिका-६ बस्ने २८ वर्षीय अनिल प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका-९ घोडामारा चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सरेन किश्‍कुलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले भद्रपुरबाट घोडामारतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा मेचिनगर नगरपालिका-१४ बस्ने २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय साहिल दर्नाल र भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सामेल मगरले उक्त लागूऔषध खरिद गर्ने भन्ने खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-७ नयाँ बस्तिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्रामसहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गुलरा बस्ने ३७ वर्षीय जनक कुमार मिजार र बर्दगोरिया गाउँपालिका-४ बस्ने २६ वर्षीय तेज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका ३५ वर्षीय फैयाज अलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित अलि रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : २४ बजे

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं– बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई

कोशी प्रदेशसभाबाट बजेट पारित, २२ महिनापछि छानिए समिति सभापति

विराटनगर– कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी

बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा

काठमाडौं- भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ