सहकारी छानबिन प्रतिवेदन : कार्यान्वयन थाल्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन « Khabarhub

सहकारी छानबिन प्रतिवेदन : कार्यान्वयन थाल्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयमा पठाएको अवस्थामा गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्‍बाट आएको निर्देशनअनुसार लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्कालन कार्यान्वयन गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

यससँगै अब प्रहरीले संसदीय छानबिन समितिबाट कारबाहीका लागि सिफारिस भएका र सहकारीको बचत हिनामिनामा दोषी देखिएकाहरूमाथि छानबिन अघि बढ्नेछ ।

प्रहरीले समितिको सिफारिसअनुसा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिहरूमाथि अब नयाँ अनुसन्धान अघि बढाएर कारबाहीमा लैजाने छ ।

यसअघि मन्त्रिपरिषद्ले संसद्‍बाट आएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन २०८१ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । जसअनुसार कार्यान्वयनको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई तोकिएको थियो ।

प्रतिनिधिसभाको गत भदौ ३१ गतेको बैठकमा ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश भएको थियो ।

समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : २७ बजे

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,