राजनीति

संविधान संशोधनको कुराले कोही आत्तिनुपर्दैन : गृहमन्त्री लेखक

By खबरहब

September 22, 2024

काठमाडौंं- गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले यस्तो बताएका हुन् ।

उनले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले संविधान कार्यान्वयनको समीक्षामार्फत सवल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर परिमार्जन गर्नुपर्ने धारणा राखे ।

संविधान संशोधन कुनै पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक दलबीच सहकार्यबाट र संवादबाट गर्नुपर्ने लेखकले बताए ।

उनले संविधानका आधारभूत विषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, बिकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरेका छन् ।