राजनीति

छविपछि रविलाई पक्राउ गर्ने तयारी

By खबरहब

September 22, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ ।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । जोशीलाई जरुरी पक्राउ पुर्जी थमाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

रविलाई पनि जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न सकिने नेपाल प्रहरीका अधिकृतहरूले बताएका छन्‌ ।

यसअघि रविविरुद्ध पक्राउपुर्जी जारी भन्ने समाचार प्रकाशन भएकोमा सच्चाएका छौं । – सम्पादक

यो पनि …

छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता

सहकारी प्रकरण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छवि पक्राउ

सहकारी प्रकरणमा पक्राउ पूर्वडीआईजी जोशीलाई पोखरा लगिँदै