सहकारी प्रकरणमा पक्राउ पूर्वडीआईजी जोशीलाई पोखरा लगिँदै « Khabarhub

सहकारी प्रकरणमा पक्राउ पूर्वडीआईजी जोशीलाई पोखरा लगिँदै


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा काठमाडौंको शंखमूलबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार नै पोखरा लगिँदैछ ।

काठमाडौंमा पक्राउ परेका उनलाई आइतबार राति ८ बजेको बुद्ध एयरको जहाजबाट पोखरा लैजान लगिएको छ ।

जोशीलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गरिएकाले अदालतबाट थप म्याद लिन जहाजमार्फत पोखरा लान लगिएको हो ।

छवि पक्राउ परेसँगै प्रहरीको अर्को टोली गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न खटिसकेको छ । गितेन्द्रबाबु राई (जीबी), रवि र छवि गोर्खा मिडियाका साझेदार हुन् ।

लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली रास्वपा केन्द्रीय कार्यालयमा पुगिसकेको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएलगत्तै प्रहरीले सक्रियता बढाएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ०५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली