ब्रेकिङ स्टोरी

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

By खबरहब

September 22, 2024

काठमाडौं – पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।