कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा « Khabarhub

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउदै लैजानुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा कांग्रेसको महिला विभागले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै जानुपर्ने बताए ।

उनले यसो गरेर समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेसमेत बताए ।

उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातीक प्रणालीबाट पछि हट्न नसक्ने पनि दाबी गरे ।

मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले समावेशी समानुपातीक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने बताए ।

उनले एमाले–कांग्रेसको साझा न्यूनतम कार्यक्रममा समेत अहिलेको व्यवस्थालाई सुदृढ बनाउने गरि संविधान संशोधनको बहस हुने जिकिर गरे ।

उनले निर्वाचन कानूनलाई पनि समयसापेक्ष बनाउनका लागि पनि व्यवस्थित बहसको जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ०५ बजे

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान