राजनीति

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा

By खबरहब

September 22, 2024

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउदै लैजानुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा कांग्रेसको महिला विभागले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै जानुपर्ने बताए ।

उनले यसो गरेर समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेसमेत बताए ।

उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातीक प्रणालीबाट पछि हट्न नसक्ने पनि दाबी गरे ।

मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले समावेशी समानुपातीक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने बताए ।

उनले एमाले–कांग्रेसको साझा न्यूनतम कार्यक्रममा समेत अहिलेको व्यवस्थालाई सुदृढ बनाउने गरि संविधान संशोधनको बहस हुने जिकिर गरे ।

उनले निर्वाचन कानूनलाई पनि समयसापेक्ष बनाउनका लागि पनि व्यवस्थित बहसको जरुरी रहेको बताएका छन् ।