नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए « Khabarhub

नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण भारतीय फिल्म ‘ज्याक’को टोली छायांकनका लागि करिब एक सातादेखि काठमाडौंमा छ । निर्देशक बमरिल्लु भास्करले उपत्यकाको विभिन्न स्थानमा फिल्मको छायांकन गरिरहेका छन् ।

यस फिल्मको छायांकनमा आइतबारदेखि तेलगु स्टार प्रकाश राज सहभागी भएका छन् । उनले सामाजिक सञ्जाल एक्स (पहिलाको ट्विटर)मा भक्तपुरमा भइरहेको छायांकनको भिडियोसमेत राखेका छन् ।

प्रोडक्सन मेनेजर पुस्कार लामाका अनुसार प्रकाश राजको छायांकन तालिका १० दिनको रहेको छ । उनी भन्छन्, ‘गत सोमबारदेखि छायांकन भइरहेको छ । प्रकाश राज आजबाट जोडिनु भएको हो ।’

प्रकाश राज छायांकनका लागि शनिबार काठमाडौं आइपुगेका हुन् ।

यस फिल्ममा नेपाली प्राविधिकको पनि उल्लेखनीय सहभागिता रहेको बुझिएको छ । गोपनीयताका लागि लामाले संख्या भने खबरहबलाई खुलाएनन् । भन्छन्, ‘यो कुरा खुलाउन मलाई अधिकार दिइएको छैन ।’

यस फिल्मको शीर्ष भूमिकामा नायक सिद्धु जोन्नालगड्डा, वैष्णवी चैतन्य, प्रकाशराज लागयतको अभिनय रहेको छ ।

प्रकाश राज भारतको कर्नाटकका हुन् । उनी ९० को दशकदेखि फिल्ममा सक्रिय छन् । हालसम्म करिब ४०० भन्दा बढी फिल्ममा उनले अभिनय गरेका छन् । उनले कही फिल्म निर्माण र निर्देशन पनि गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ५३ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको